५ असार २०८३, शुक्रबार

जवाफ दिएर संसदबाट निस्किए प्रधानमन्त्री, विपक्षीको विरोधपछि सभामुखसँग चर्काचर्की

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा वैठकबाट निस्किएका छन् ।

उनी सांसदको प्रश्नको जवाफ दिएर सदनबाट बाहिरिएका हुन् । प्रधानमन्त्री बाहिरिएपछि विपक्षी दलका सांसदले विरोध गरेपछि सभामुखसँग चर्काचर्की परेको छ ।

एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर बोल्न समय मागेपछि सभामुखसँग चर्काचर्की भएको हो ।

सभामुखले एमालेका ऐन महर, श्रम संस्कृतिका ध्रुव राई र आरेन राईले संसदीय मर्यादा विपरितको क्रियाकलाप गरेको भन्दै ध्यानाकर्षण भएको बताए । उनले सांसद आरेन राईलाई भाषा सुधार्न र मर्यादित बनाउन चेतावनीसमेत दिए ।