३० जेष्ठ २०८३, शनिबार

३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री शाह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोज्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुकुम्बासी वस्ती हटाइएको विषयमा सोधेको प्रश्नको जबाफ दिँदै उनले जसको देशमा कुनै जग्गा छैन, उनीहरुलाई नेपाल सरकारले जग्गाको व्यवस्थापन गर्ने बताए।

काठमाडौंको खोला किनारको जोखिमपूर्ण ठाउँका नागरिकलाई अन्त सारिएको र जसको देशमा कुनै जग्गा छैन, उनीहरुलाई नेपाल सरकारले जग्गाको व्यवस्थापन गर्ने स्पष्ट पारे ।

‘खोला किनारमा बस्दा घर डुब्ने अवस्था थियो। स्वास्थ्य अवस्था राम्रो थिएन। फोहोरले बिरामी पर्ने अवस्था थियो,’ उनले भने, ‘सुकुम्बासीलाई ज्यान जोगाउन खोला किनारबाट हटाएको हो। यो हतार गरेर हुँदैन। ३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौँ,’।