२ असार २०८३, मंगलबार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको पाइएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री शाहले सांसद आरेन राईले उठाएको प्रश्नको जवाफ दिँदै नेपालले पनि भारतको जग्गा मिचेको विषय आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका हुन्।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भारतले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए।

प्रधानमन्त्रीले भने’ुयो विषय कुटनीतिक रुपमा टेलब टक… तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछु, प्रधानमन्त्री शाहले भने, ‘यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ।’