काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत नेपालले चीनविरुद्ध आक्रामक ब्याटिङ गर्दै चीनलाई ३१४ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा उत्कृष्ट पारी खेल्दै चीनविरुद्ध विशाल योगफल तयार गरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै सनसनीपूर्ण सुरुवात दिलाएका थिए । उनले ४३ बलमा १२९ रन बनाउन सफल भए ।
भुर्तेलले नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन् । खेलमा कुशल मल्लले ४७ बलमा ८५ रन र रोहित पौडेलले २१ बलमा ६९ रन बनाउन सफल भए ।








प्रतिक्रिया