२९ असार २०८३, सोमबार

कुशल भुर्तेलले चीनविरुद्ध प्रहार गरे एकै ओभरमा ६ छक्का

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्समा छनोटमा नेपालका ओपनर कुशल भुर्तेलले चीनविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

आइतबार बिहान जारी खेलमा भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । भुर्तेल यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् । यसअघि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२३ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध २० औं ओभरमा ६ छक्का प्रहार गरेका थिए ।