काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को फाइनल आज अहमदाबादमा हुँदैछ ।
उपाधिका लागि डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्सबीच खेल हुनेछ ।
नेपाली समय अनुसार खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।
नरेन्द्र मोदी रंगशालामा हुन लागेको फाइनल खेलमा दुवै टोली दोस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ । बैंगलोरले गत वर्ष आफ्नो पहिलो उपाधि जितेको थियो भने गुजरात २०२२ मा आफ्नो डेब्यू सिजनमा च्याम्पियन बनेको थियो ।








प्रतिक्रिया