१ श्रावण २०८३, शुक्रबार

पिएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

हंगेरीको बुडापेस्टमा सम्पन्न फाइनलमा पिएसजीले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

खेलको ९० मिनेटसम्म दुवैतर्फबाट १–१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलिएको थियो । अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

आर्सनलका लागि खेलको छैटौं मिनेटमा काइ हाभार्टले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने पिएसजीका लागि खेलको ६५ औं मिनेटमा ओसमान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।