५ असार २०८३, शुक्रबार

एमालेको सदस्यता नवीकरण तथा अभिप्रेरणा राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा शनिबार महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

कार्यशालामा पार्टी प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहनेछ ।

पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ । सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गर्न लागिएको हो ।

जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने कार्यशालामा डिजिटल सदस्यता प्रणालीको प्रयोग, सदस्यता नवीकरण प्रक्रिया तथा संगठनात्मक सुदृढीकरणका विषयमा प्रशिक्षण र अभिमुखीकरण प्रदान गरिनेछ ।

पार्टीले यस कार्यशालामार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने अपेक्षा गरेको छ ।