काठमाडौं । चीनको हुनान प्रान्तमा हालै सम्पन्न ‘२०२६ नेपाल एभरेष्ट फिल्म फेस्टिभल’ले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण काम गरेको आयोजकले जनाएको छ ।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१ औं वार्षिकोत्सवको अवसरमा अप्रिल १४ देखि १९ सम्म छाङ्शा र हेङयाङमा सम्पन्न महोत्सवमा ‘कबड्डी ४’, ‘छक्का पञ्जा ५’, ‘महाजात्रा’, ‘अञ्जिला’, ‘तेल–भिसा’ र ‘होस्टेल ३’ प्रदर्शन गरिएको थियो ।
चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा फेस्टिभलका अध्यक्ष करूण थापाले नेपाली चलचित्रलाई चिनियाँ बजारमा पुर्याउने, सहकार्य र सह–निर्माणको सम्भावना विस्तार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको बताए ।
अध्यक्ष थापाले दुई देशबीच चलचित्र आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले यस्ता महोत्सवले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा चलचित्रकर्मी, निर्माता, निर्देशक, कलाकार तथा विभिन्न चलचित्र संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।








प्रतिक्रिया