२६ असार २०८३, शुक्रबार

अपरेशन सिन्दूर २.० को तयारीमा भारत, सेना प्रमुखले भने– तीनै सेना अर्को युद्धको लागि एकजुट छ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले अपरेशन सिन्दूर अझै समाप्त नभएको बताएका छन् । उनका अनुसार यो केवल युद्धविरामको अवस्था मात्र छ । तीनै सेना अपरेशन सिन्दूर २.० को लागि पूर्ण रूपमा तयार छन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले अपरेशन सिन्दूर अझै पनि जारी रहेको बताए । उनले पहलगाम आतंकवादी हमलापछि पाकिस्तानको कारबाहीको प्रतिक्रियामा अपनाइएको सैन्य रणनीति अपरेशन सिन्दूर रहेकोमा जोड दिए ।

गत वर्ष भारतले पहलगाम आतंकवादको जवाफमा सैन्य कारबाहीको रूपमा मे ७ र ८, २०२५ को मध्यरातमा अपरेशन सिन्दूर सुरु गरेको थियो ।

द्विवेदीले नयाँ अपरेशन आवश्यक परेमा सेना मात्र नभई वायुसेना र नौसेना पनि पूर्ण रूपमा तयार रहेको उल्लेख गरे ।

जनरल द्विवेदीका अनुसार युद्ध तब मात्र सफल हुन्छ जब सम्पूर्ण राष्ट्र एकजुट हुन्छ र सूचनादाताहरूलाई विश्वास गर्छ ।

‘यदि यो भयो भने म तपाईंलाई आश्वस्त पार्न सक्छु कि एकअर्का र सबै सरोकारवालाहरूलाई विश्वास गर्ने राष्ट्रले सधैं युद्ध जित्नेछ ।’ उनले भनेका छन् ।