काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ।
टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्राे’ नामका दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने भएको हो । अफरअन्तर्गत ‘अनलिमिटेड लाइट’ प्याकेज ४९९ रुपैयाँमा उपलब्ध हुनेछ, जसमा ग्राहकले प्रतिदिन ५ जीबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक ५ जीबी डाटा सकिएपछि पनि बाँकी अवधिभर २ एमबीपीएस स्पिडमा अनलिमिटेड इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी ‘अनलिमिटेड प्राे’ प्याकेज ६९९ रुपैयाँमा उपलब्ध हुनेछ । यस प्याकेजमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न पाइनेछ भने निर्धारित सीमा सकिएपछि पनि ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
दुवै प्याकेजको वैधता अवधि ३० दिन रहनेछ । ग्राहकले आगामी जेठ १४ गतेदेखि जेठ १६ गतेसम्म उक्त अफर खरिद गर्न सक्नेछन् । पोस्टपेड प्रयोगकर्ताका लागि भने प्याकेज शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिने जनाइएको छ ।
अफर लिन ग्राहकले मोबाइलबाट *१४१५# डायल गर्न सक्नेछन् । साथै नेपाल टेलिकमको एप मार्फत पनि प्याकेज खरिद गर्न सक्नेछन ।















प्रतिक्रिया