नवलपुर । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यस शोरुमको औपचारिक उद्घाटन हिजो मंगलबार गरिएको थियो । उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी केसीको उपस्थितिका साथै कजारिया रमेश टायल्सडका वरिष्ठ प्रतिनिधिहरू र राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको सहभागिता रहेको थियो ।
शोरुमलाई ग्राहकवर्गलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको छ । यहाँ आउने ग्राहकहरूले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्पहरू प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन् ।
“राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कसँगको हाम्रो साझेदारी ठूला शहरहरू मात्र सीमित नभई बाहिरका समुदायहरूसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण पाटो हो । हाम्रो उद्देश्य नवलपुरका बासिन्दाहरूले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइनहरू सजिलै प्राप्त गरुन् र उहाँहरुको घर निर्माण तथा पुनःनिर्माणका योजनाहरूलाई साकार पार्न मद्दत पुगोस् भन्ने हो,” कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक अग्रवालले भने ।
यो शोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ । दलदले, नवलपुर तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरुममा आई नयाँ कलेक्सनहरू अवलोकन गर्न निमन्त्रणा गरिएको छ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी र ४०x४० सेमी ८मिमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल ४०x४० सेमी १२ मिमी तथा सेरामिक वाल टायल (३०x६० सेमी, ३०x४५ सेमी (एची पॉलिश) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।








प्रतिक्रिया