काठमाडौं । इजरायलमा नेपालीका लागि केयरगिभरमा आवेदन खुला भएको छ ।
वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न कुल २३०० जनाका लागि दरखास्त आह्वान गरेको हो ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार माग गरिएको कुल संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कोटा छुट्याइएको छ । यस रोजगारीका लागि २५ देखि ४५ वर्ष उमेर, न्यूनतम १.५ मिटर उचाइ, ४५ किलोग्राम तौल, कक्षा १० उत्तीर्ण वा सो सरहको शैक्षिक योग्यता र केयर गिभिङ तालिम अनिवार्य गरिएको छ।
विभागका अनुसार आवेदन अनलाइनमार्फत दिन सकिनेछ । आवेदन फाराम विभागको वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा उपलब्ध छ । आवेदन दिने अन्तिम समय २०८३ असार १७ गते बेलुका ५ बजेसम्म तोकिएको छ ।
अंग्रेजी भाषा दक्षता प्रमाणपत्र, प्रहरी रिपोर्ट, स्वास्थ्य अवस्थासम्बन्धी कागजात तथा स्वघोषणा पत्रसमेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
छनोट प्रक्रिया गोलाप्रथा प्रणालीमार्फत हुने सूचनामा उल्लेख छ ।








प्रतिक्रिया