काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि संसद बैठक बहिष्कार गरेका छन् ।
साम्पाङले बैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै पर्चा देखाएका थिए ।
उनले सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए । तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद वैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ बैठकबाट बाहिरिएका हुन् ।
सभामुखले के विषयमा रुलिङ गर्ने र नगर्ने भनेर सिकाउनु नपर्ने जवाफ दिएपछि साम्पाङ रुष्ट भएर निस्किएका हुन् । साम्पाङले यसअघि पनि संसद बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै संसद बहिष्कार गर्दै आएका छन् ।















प्रतिक्रिया