३१ असार २०८३, बुधबार

इरानमा ८८ दिनपछि सर्वसाधारणका लागि इन्टरनेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानमा ८८ दिनपछि सर्वसाधारणका लागि इन्टरनेट सेवा आंशिक रूपमा सुरु गरिएको छ । अमेरिकासँग युद्धमा रहेको इरानले फेब्रुअरी २८ मा इन्टरनेट प्रतिबन्धलाई कडा गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार हालै इरानी राष्ट्रपति मसूद पेजेश्कियानले देशमा इन्टरनेट सेवा पुनर्स्थापित गर्न आदेश दिएका थिए ।

इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सले यसलाई आधुनिक इतिहासको सबैभन्दा लामो राष्ट्रिय इन्टरनेट ब्ल्याकआउटको रूपमा वर्णन गरेको छ । नेटब्लक्सका अनुसार, इरानले मंगलबार अन्तर्राष्ट्रिय नेटवर्कहरूमा आंशिक रूपमा कनेक्टिभिटी पुनर्स्थापित गरेको देखिएको छ । यद्यपि, संस्थाले इन्टरनेट पुनर्स्थापना स्थायी हुनेछ कि छैन भन्ने कुरा अझै स्पष्ट नभएको बताएको छ ।

इतिहासमा सबैभन्दा लामो तीन महिना राष्ट्रव्यापी इन्टरनेट बन्द भएको बताइएको छ । लामो समयसम्म इन्टरनेट बन्दले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । डिजिटल अधिकार समूहहरूले यसलाई सूचना र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठूलो प्रतिबन्धको संज्ञा दिएका छन् ।

सरकारविरुद्ध व्यापक विरोध प्रदर्शनपछि गत डिसेम्बरमा इरानमा पहिलोपटक इन्टरनेट ब्ल्याकआउट लागू गरिएको थियो । पछि फेब्रुअरी २८ मा अमेरिका र इजरायली आक्रमणपछि इन्टरनेट प्रतिबन्ध थप कडा बनाइएको थियो ।