९ श्रावण २०८३, शनिबार

दशगजा क्षेत्रमा पुरुषको शव फेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१ सितलपुर टोल नजिक नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३ः१० बजे इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले उक्त क्षेत्रमा गस्ती गर्ने क्रममा अन्दाजी ४५ देखि ५० वर्ष उमेरका पुरुषलाई बाटो छेउमा मृत अवस्थामा फेला पारेको हो ।

मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनापछि प्रहरीले घटनास्थललाई सुरक्षित राखेको थियो ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक सरोज राईको कमाण्डमा सोको टोलीसहित प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कानुनी प्रक्रिया पूरा गरी मंगलबार साँझ ५ः५० बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

मृतकको हातमा लगाएको बालामा ‘जगन राउत’ लेखिएको फेला परेको छ भने खल्तीबाट भारतीय १० रुपैयाँको नोट तथा २ रुपैयाँको सिक्का बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Skip This