३० असार २०८३, मंगलबार

एनआईसी एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द्रनगर, धनुषास्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।

विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले शैक्षिक सामग्री सहयोग प्रदान गरेको हो ।

१३८ जनाभन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको विद्यालयका लागि बैंकका जनकपुर सर्कल हेड उत्सुकराज श्रेष्ठले विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई एक कार्यक्रमकाबीच झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेशकुमार झा, शिक्षक तथा शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।