जनकपुरधाम । महोत्तरीमा अव्यवस्थित बसोबास खाली गराउनका लागि प्रयोग गरिएको एक सरकारी गाडीमा स्थानीयले आगजनी गरेका छन् ।
वस्ती खाली गर्न सूचना दिँदै गुडिरहेको डिभिजन वन कार्यालय महोत्तरीको गाडीमा आगो लगाइएको हो । सोमबार दिउँसो वन कार्यालयको टोली बर्दिबास नगरपालिका–३ मा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको थियो । त्यसपछि स्थानीयले राति बीपी राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।
बाटोको अवरुद्ध खुलाउन गएको प्रहरीसहित वन कार्यालयको टोलीलाई स्थानीयले मंगलबार ९जेठ १२० बिहान २ बजेसम्म घेराबन्दी गरेका थिए । सोहीक्रममा वन कार्यालयको गाडी जलाइएको हो ।
राजावास, कालापानी, वरडाँडालगायत क्षेत्रमा करिब एक हजार १०० हेक्टर वन क्षेत्र अतिक्रमण गरी घरटहरा निर्माण गरिएको छ ।









प्रतिक्रिया