१० श्रावण २०८३, आइतबार

सहदेव चौधरीको गीत ‘चोखो माया’को म्युजिक भिडियो सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीत ‘चोखो मायाको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि अडियो मात्रै सार्वजनिक गरिएको गीतको म्युजिक भिडयो एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा गायिका संगीता राना प्रधानको फिचर देख्न सकिन्छ । साथै, संगीता कै स्वरमा रहेको गीतको संगीत संयोजन तथा एरेन्जर जुगल डंगोलले गरेका छन् ।

यस्तै, गितारमा दीपेश सिंह, बासमा विजय बज्राचार्य, ड्रममा अनुप महर्जन, तबलामा कुल प्रसाद महर्जन र बाँसुरीमा कृष्ण गुरूङ रहेका छन् । प्रेमका आग्रह गरिएको गीतको छायांकन नारायण गुरूङ र कृष्ण राणाले गरेका छन् भने भिडियोको सम्पादन तथा कलर माधव बेल्वासेको रहेको छ ।

आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको अमृत सुनुवारले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई द साउण्ड गार्डेनमा सुट गरिएको हो ।