काठमाडौं । जारी आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ ।
आइतबार वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफी ब्याटिङमा मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो ।
राजस्थानको यो जितसँगै आईपीएल २०२६ को लागि शीर्ष चार टोलीहरूको टुंगो लागेको छ । यसअघि रोयल च्यालेन्जर्स बैंगलोर, गुजरात टाइटन्स, र सनराइजर्स हैदरावाद प्लेअफका लागि छनोट भइसकेको थियो ।
अब बैंगलोर र गुजरातले भालि मंगलबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ भने हैदरावाद र राजस्थानले बुधबार एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।









प्रतिक्रिया