काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही फेरि सुरु गर्ने कि नगर्ने भन्ने निर्णय आज लिने बताएका छन् ।
समाचार एजेन्सी एक्सियोससँगको फोन अन्तर्वार्तामा ट्रम्पले आफ्ना शीर्ष सल्लाहकारहरूसँग छलफल गरेर इरानको नयाँ प्रस्तावको समीक्षा गर्ने र सैन्य कारबाही गर्ने कि नगर्ने भन्ने निर्णय लिइने बताएका हुन् । उनले इरानसँग सम्झौता हुने नहुने सम्भावना ५०–५० प्रतिशत रहेको बताए ।
ट्रम्पले भनेका छन्, ‘कि राम्रो सम्झौता हुन्छ वा अमेरिकाले इरानमाथि धेरै कडा आक्रमण गर्नेछ ।’ यसअघि शनिबार कतार र पाकिस्तानको मध्यस्थतामा तेहरानमा भएको वार्तापछि अमेरिकी र इरानी अधिकारीहरूले युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौता सम्भव भएको संकेत गरेका थिए ।








प्रतिक्रिया