३१ जेष्ठ २०८३, आइतबार

दोस्रो दिनको एमाले सचिवालय बैठक (तस्वीरहरु)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक दोस्रो दिन आज (शनिबार) पनि बसिरहेको छ । बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसिरहेको हो ।

हिजो शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा आज महासचिव, उपमहासचिव र सचिवहरूले आ–आफ्ना धारणा राख्नेछन् । हिजोको बैठकमा पाँच जना उपाध्यक्षहरूले पार्टीको आगामी कार्यदिशा र चुनावी समीक्षा लगायतका विषयमा धारणा राखेका थिए । सबैले धारणा राखेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने बुझिएको छ ।

बैठकमा पार्टीको आगामी कार्यदिशा, चुनावी समीक्षा, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ ।