१० श्रावण २०८३, आइतबार

कृषि विकास बैंकद्वारा मण्डनदेउपुरका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले हरेक वर्षजस्तै यस वर्ष पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । यसैक्रममा बैंकले बिहीबार मण्डनदेउपुर नगरपालिका वडा नं. ८ मा रहेको डेडी थुम्का माध्यमिक विद्यालयमा रहेका सम्पूर्ण २३२ बालबालिकाका लागि स्कुल ब्याग वितरण गरेको छ । उक्त स्थानमा रहेको विद्यालयलमा स्थानीय दनुवार, गरिब तथा सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्दछन् । स्रोत अभावमा अध्ययन गरिरहेका बालबालिकाहरुलाई यो सहयोगबाट विद्यार्थी लाभान्वित भएको विद्यालयले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रम विद्यालयको प्राङ्गणमा भएको थियो । विद्यालयमा सहयोग हस्तान्तरण कार्यक्रमको प्रमुख आतिथिको आथित्यता मण्डनदेउपुर मेयर टोकबहादुर वाइवाले गरेका थिए । उनले मण्डनदेउपुर बासिन्दाहरुको मुख्य स्रोत कृषि आम्दानी भएको र कृषि विकास बैंकसँगको सहकार्य नगरपालिकाका लागि फलदायी हुने विश्वास व्यक्त गरे । बैंकले विद्यालयलाई सहयोग हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्दै उनले कृषक तथा कृषि कार्यमा समेत सहजीकरण गरी सहकार्य गर्न अनुरोध समेत गरे ।

मण्डनदेउपुर नगरपालिका कृषिको मुख्य केन्द्र भएको र देशको राजधानीका लागि हरियो सागसब्जी आपूर्ती गर्ने मुख्य क्षेत्र रहेको समेत उनले उल्लेख गरे ।

कार्यक्रममा बैंकका सञ्चालक विनोदकुमार गुरागाईले ब्याग हस्तान्तरण गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीहका लागि शैक्षिक सामाग्री हस्तान्तर गर्न पाउँदा बैंक गौरवान्वित भएको र सधै यस प्रकारको कार्य गर्न उत्सुक रहेको बताए । विद्यालय परिवार, विद्यार्थी, अविभावक, स्थानीय निकाय, विद्यालय व्यवस्थापन समिति सदस्य लगायत समाजसेवामा समर्पित समुदायका अगाडि यस प्रकारको पुण्य काम गर्दा बैंकको शाख वृद्धि भएको र बैंकलाई ग्राहक सेवामा थप हौसला प्रदान भएको उनले उल्लेख गरे । विद्यालयसँग दीर्घकालीन समझदारी गरी गरिब विद्यार्थीको दक्षता वृद्धिका लागि थप कार्य गर्न उत्सुक रहेको समेत उनले बताए ।

बैंकका उपमहाप्रवन्धक सुशील हुमागाईले बैंकले विद्यालयका विद्यार्थीका लागि यस प्रकारको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यार्थीको उत्साहपूर्वक सहभागिता सामाग्री प्राप्त गर्ने उत्सुकता र आवश्यकता देख्दा बैंकले सही स्थान छनौट गरेकोमा खुशी व्यक्त गरे । उनले सहयोगको लागि कार्यालय र स्थान छनौटमा सहभागी व्यक्तिलाई धन्यवाद व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सापकोटाले विभिन्न स्रोत संकलन गरी विद्यालयका लागि कार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका उपमेयर विष्णुमणि नेपाल, कृषि विकास बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख विना शर्मा, कृषि विकास बैंक बागमती प्रदेश कार्यालयका निर्देशक चन्द्र सिं थापा, कृषि विकास बैंक पाँचखाल शाखाका प्रवन्धक विनोद कोइराला लगायतको उपस्थिति रहेको थियो ।

Skip This