१५ असार २०८३, सोमबार

नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई जितका लागि ३१८ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो । यो त्रिवि क्रिकेट मैदानमा नेपालले अहिलेसम्म बनाएको सर्वाधिक धेरै रन हो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन र दीपेन्द्र सिंह ऐरीले ५९ रन बनाए । इशानको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि इशानले स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए ।

यस्तै, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।