काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
मलेसियामा आज बिहान भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सम्झना खड्काले अविजित ३९, कविता कुवँरले १९ तथा सोनी पाख्रिनले १२ रन बनाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन् । धनुश्री मुहुनानले १५ रन जोडिन् भने अरिनान नातास्याले १३ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई/दुई विकेट लिइन् भने पूजा महतो र सीता रानामगरले समान एक/एक विकेट लिएकी थिइन् । यसअघि नेपालले बुधबार मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।
एसियन गेम्स छनोट तथा एसिसी प्रिमियर कप खेल्नका लागि नेपाली टोली हाल मलेसियामा रहेको छ ।









प्रतिक्रिया