काठमाडौं । गएराति भएको आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनले पराजित गरेको छ । यो हारसँगै चेन्नई यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ ।
चेन्नई आफ्नो १४ खेलमध्ये ६ खेल जितेर सातौं स्थानमा रह्यो । प्लेअफका लागि छनोट भइसकेको गुजरात १४ मध्ये ९ खेल जितेर दोस्रो स्थानमा छ ।
अहमदावादको नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । जवाफमा चेन्नई १३.४ ओभरमा १४० रनमा अलआउट भयो ।
आईपीएलको तालिकामा बैंगलोर शीर्ष स्थानमा छ भने हैदरावाद तेस्रो स्थानमा छ । बैंगलोर, गुजरात र हैदरावादले पहिले नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।
अब प्लेअफमा स्थान बनाउन राजस्थान, पञ्जाव, कोलकाता र दिल्लीबीच प्रतिस्पर्धा छ ।








प्रतिक्रिया