३० आश्विन २०८३, शुक्रबार

रास्वपाका सांसदहरूसँग सामूहिक छलफल गर्दै रवि लामिछाने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग आज सामूहिक छलफल गर्ने भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सुझाव र धारणा संकलन गर्ने उद्देश्यसहित सभापति लामिछानेले छलफलको तालिका बनाएको जानकारी दिए । उनका अनुसार आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल हुनेछ । कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म तथा मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल तय गरिएको छ ।

विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री बालेन्द्र साहको उपस्थितिको माग गर्दै लगातार बैठक अवरोध गरिरहेका बेला रास्वपाले पार्टीभित्र छलफललाई तीव्र बनाएको हो ।

त्यस्तै, आगामी बजेटको पूर्वसन्ध्यामा आयोजना गरिएको यस छलफलमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या, जनचासोका विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे पनि धारणा राख्ने बताइएको छ ।