काठमाडौं । सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ ।
बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको हो ।
यातायात व्यवस्था विभागले सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधन समेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो ।
विभागले परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाइ उत्पन्न भएको उल्लेख छ । इन्धनको बढ्दो मूल्य र सवारीको अत्यधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णयमा पुगेको विभागले जनाएको छ ।









प्रतिक्रिया