१० श्रावण २०८३, आइतबार

‘निरंकुश प्रवृत्ति मुर्दावाद, संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको नाराबाजी र विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले आजको दोस्रो बैठक सञ्चालन गरे ।

सभामुख अर्यालले बैठकको कारबाही अघि बढाएसँगै विपक्षी दलका सांसदहरु वेलमा पुगेर प्रदर्शन गरेका हुन् ।

यसअघि आजकै पहिलो ठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले संसद्मा जवाफ दिनुपर्ने भन्दै सांसदहरुले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रधानमन्त्री साहलाई भेट्न पुगेका थिए । तर पनि प्रधानमन्त्री साह बैठकमा सहभागी भएनन् ।

दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरुले बैठकमा प्रधानमन्त्री साहको उपस्थिति, जवाफ र सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका लागि माग गरे पनि सभामुख अर्यालले ती मागहरुको बारेमा सम्बोधन नगरी बैठक अगाडि बढाए ।

त्यसक्रममा वेलमा पुगेका प्रतिपक्षी सांसदहरुले ‘निरंकुश प्रवृत्ति मुर्दावाद, संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन’ लगायतका नारा लगाएर विरोध गरे । नाराबाजी र विरोधकैबीच पनि सभामुख अर्यालले केही विधेयकहरु पारित भएको घोषणा गरे ।

सभामुख अर्यालले अर्को बैठक जेठ १२ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको सदनलाई जानकारी गराए ।

Skip This