२८ आश्विन २०८३, बुधबार

‘काजी’को अग्रिम टिकट बुकिङ खुला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही जेठ ८ देखि प्रदर्शन हुने फिल्म ‘काजी’को टिकट बुकिङ बुधबारदेखि खुलेको छ ।

देशका विभिन्न हलहरूले बुधबारदेखि नै फिल्मको टिकट बुकिङ खुलाएका हुन् । जसअनुसार क्युसएफएक्स सिनेमाजअन्तर्गका राइजिङ मल, पोखरा, विरगञ्ज, इटहरी, दमौली, विर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल र काठमाडौंमा विभिन्न हलमा टिकट खुलाइएको छ । सुरुवातमा क्युसएफएक्स सिनेमाजले उपत्यकामा १३ र उपत्यका बाहिर १७ सो गरी देशभर ३० शो दिएको छ ।

त्यस्तै, आइनआइ सिनेमाजले सिमरा, नवलपरासी, बुटवल र काठमाडौंका लोत्से मल, विश्वज्योति सिनेमाज र एनबी सेन्टरमा गरी १९ शो दिएको छ । वान सिनेमाजले ७ शो र बिग मुभिजमा २ शो गरी आजमात्रै ६० शो पाइसकेको छ । अन्य हलहरूले शो खुलाउन बाँकी छ ।

काजी र कजिनीको प्रेम कथामा बनेका फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन । उनीहरूसँगै फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायत कलाकारले अभिनय गरेका छन् ।

लेखक प्रदीप भारद्धाजको कथा रहेको फिल्मका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्म चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपीन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ ।

फिल्म श्रीराम बालाजी फिल्मस्‌ले नेपालभर वितरण गर्दैछ ।