८ असार २०८३, सोमबार

जबसम्म सरकार जिम्मेवार हुँदैन, पाँच वर्ष सम्मै विरोध गर्छौं : हर्क साम्पाङ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा विरोधलाई जारी राख्ने बताएका छन् ।

आज संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकार जिम्मेवार नभएसम्म विरोध जारी नै राख्ने बताएका हुन् । साम्पाङसहित उनको दलका सांसदले आज पनि संसदमा पर्चा देखाएर विरोध गरेका थिए ।

उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’

आफूहरूले सुकुमबासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा प्रश्न सोधेको तर मन्त्रीहरूले जवाफ नदिएको उनले बताए ।

‘हामीले उत्तर पाएका छैनौँ । उहाँहरू आउनुहुन्न । हामीले दबाब दिएपछि आज बल्ल २/४ जना मन्त्री आउनुभो । हामी प्रत्येक दिन नै प्रश्न गर्छौँ,’ साम्पाङले भने ।