५ असार २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीलाई प्रश्न गर्ने पत्रकार हेलेको फेसबुक र इन्स्टा आइडी ‘सस्पेन्ड’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वे भ्रमणको क्रममा उनलाई प्रश्न गरेर चर्चामा आएकी नर्वेली पत्रकार हेले लाङ्गेले आफ्नो फेसबुक र इन्स्टाग्राम खाता सस्पेन्ड भएको बताएकी छन् । उनले एक्स (ट्वीटर)मार्फत यो जानकारी गराएकी हुन् ।

उनले लेखेकी छिन्, ‘यदि तपाईं मलाई इन्स्टाग्राम वा फेसबुकमा सम्पर्क गर्न खोज्दै हुनुहुन्छ भने, म तपाईंलाई जानकारी गराउन चाहन्छु कि मेरा दुवै खाताहरू निलम्बित गरिएका छन् । म सकेसम्म धेरै भारतीयहरूलाई जवाफ दिन चाहन्थेँ, तर अब मेरा जवाफहरू ढिलाइ हुनेछन् । मलाई आशा छ कि म मेरा खाताहरू फिर्ता पाउनेछु ।’

उनले अर्को पोस्टमा लेखेकी छन्, ‘मलाई दिनभरि मेरो इन्स्टाग्राम खातामा लग इन गर्न समस्या भइरहेको छ । मेरो खाता अब निलम्बित गरिएको छ । प्रेस स्वतन्त्रताको लागि तिर्नु सानो मूल्य हो, तर मैले पहिले कहिल्यै यस्तो अनुभव गरेको थिइनँ ।’

हालै प्रधानमन्त्री मोदी र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरीबीचको भेटवार्तापछि पत्रकार हेलेले मोदीलाई एक प्रश्न गरेकी थिइन् तर मादीले जवाफ नदिई हिँडेका थिए ।

हेलेले भारतमा ‘मानवअधिकार उल्लङ्घन’का घटना बढेको सम्बन्धी प्रश्न उठाएकी थिइन् ।

घटनापछि भारतीय विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा हेले र मन्त्रालयका अधिकारीबीच चर्काचर्की समेत भएको थियो ।