२७ असार २०८३, शनिबार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।

यसअघि विशेष अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकामा मंगलबार सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।