५ श्रावण २०८३, मंगलबार

हर्क साम्पाङले आज पनि संसदमा देखाए प्लेकार्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकमा प्लेकार्ड देखाएर प्रदर्शन गरेका छन् ।

बैठक सुरु भएलगत्तै साम्पाङसहित उनका पार्टीका सांसदले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्।

सोमबार पनि श्रम संस्कृति पार्टीले प्लेकार्ड बोकेर प्रदर्शन गरेको थियो। प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफदेही हुनुपर्ने लगायतका माग पार्टीले राखेको छ ।