काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ प्लसले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ, जसले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउनले कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी एस२६ प्लसले सामसङको प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ । ग्यालेक्सी एस२६ सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ ।
यो सीमित अवधिअन्तर्गत ग्यालेक्सी एस२६ प्लस खरिद गर्दा ग्राहकहरूले २३ हजार रुपैयाँको इन्स्ट्यान्ट क्यासब्याक पाउँछन्, जसले यसको विशेष अफर मूल्य १ लाख ८२ हजार ९९९ बाट घटेर १ लाख ५९ हजार ९९९ रुपैयाँ बनाउँछ । यो अफर १९ मे देखि ३१ जुनसम्म मान्य हुने कम्पनीले जनाएको छ ।
यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले एचएफएलमार्फत इन्स्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता ४ हजार ३४१ रुपैयाँबाट सुरु हुन्छ । ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन् ।








प्रतिक्रिया