१२ श्रावण २०८३, मंगलबार

सिजी मोबाइल्सले नेपालमा सार्वजनिक गर्‍यो मोटो जी०६ पावर र मोटो जी५७ पावर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाइल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन– मोटो जी०६ पावर र मोटो जी५७ पावर सार्वजनिक गरेको छ ।

उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोला को एन्ट्री तथा मिड–रेन्ज स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मोटो जी०६ पावर विशेषगरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो । यस स्मार्टफोनमा सेग्मेन्टकै ठूलो मानिएको ७०००एमएएच ब्याट्री उपलब्ध गराइएको छ, जसले एकपटक चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

फोनमा मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर राखिएको छ, जसले दैनिक प्रयोगलाई सहज र स्थिर बनाउने बताइएको छ । साथै ४जीबी र्‍याम तथा १२जीबी सम्मको र्‍याम बुस्ट सुविधाले मल्टिटास्किङ अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ । यसमा ६.८८ इन्चको १२०एचजेट डिस्प्ले दिइएको छ, जसले स्मूथ तथा आकर्षक भिजुअल अनुभव प्रदान गर्ने बताइएको छ । फोटोग्राफीका लागि ५०एमपी क्वाड पिक्सेल क्यामेरा समावेश गरिएको छ भने डल्बी एटमससहितको स्टेरियो स्पिकर्सले उत्कृष्ट अडियो अनुभव दिने कम्पनीको भनाइ छ ।

त्यस्तै, कोर्निङ गोरिल्ला ग्लास ३ सुरक्षा, आईपी६४ वाटर–रिपेलेन्ट डिजाइन तथा प्यानटोन क्युरेटेड रंगसहितको प्रिमियम भेगन लेदर फिनिसले फोनलाई प्रिमियम लुक प्रदान गरेको छ । मोटो जी०६ पावर को मूल्य नेपाली बजारमा एनपीआर १८,९९९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, कम्पनीले मोटो जी५७ पावरलाई नेक्स्ट–लेभल प्रदर्शन र इनोभेसनसहितको स्मार्टफोनको रूपमा प्रस्तुत गरेको छ । यसमा विश्वकै पहिलो स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर प्रयोग गरिएको कम्पनीको दाबी छ । फोनमा ८जीबी र्‍याम र १२८जीबी स्टोरेज उपलब्ध छ भने र्‍याम बुस्टमार्फत २४जीबीसम्म विस्तार गर्न सकिने सुविधा रहेको छ । ७०००एमएएच क्षमताको ब्याट्रीले ६० घण्टासम्म पावर ब्याकअप दिने बताइएको छ ।

फोटोग्राफीका लागि मोटो एआईद्वारा सञ्चालित ५०एमपी सोनी लाइटिया ६०० क्यामेरा समावेश गरिएको छ । साथै, ६.७२ इन्च एफएचडी प्लस १२० एचजेट डिस्प्ले, डल्बी एटमससहितको डुअल स्टेरियो स्पिकर्स, हाई–रेज अडियो तथा बास बुस्ट जस्ता फिचरले मनोरञ्जन अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ ।

फोनमा एमआईएल–एसटीडी–८१०एच मिलिटरी–ग्रेड सर्टिफिकेशन तथा गोरिल्ला ग्लास ७आई सुरक्षा दिइएको छ । प्रिमियम भेगन लेदर डिजाइनमा उपलब्ध यो स्मार्टफोन एन्ड्रोइड १६ सहित आउनेछ भने एन्ड्रोइड १७ अपग्रेड तथा ३ वर्षसम्म सेक्युरिटी अपडेट्स उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । मोटो जी५७ पावर को मूल्य एनपीआर ३७,४९९ रुपैयाँ निर्धारण गरिएको छ ।

सिजी मोबाइल्सका अनुसार दुवै स्मार्टफोन नेपालभर रहेका आधिकारिक सिजी रिटेल आउटलेट्स तथा पार्टनर स्टोर्स मार्फत उपलब्ध हुनेछन् । कम्पनीले यी नयाँ स्मार्टफोनमार्फत नेपाली उपभोक्तालाई उत्कृष्ट ब्याट्री प्रदर्शन, आधुनिक प्रविधि तथा प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।