काठमाडौं । भी–चित्र प्रालिले एशियाकै प्रमुख मार्केटिङ प्लेटफर्ममध्ये एक १५ औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा जनसम्पर्क (पीआर) विधामा उत्कृष्ट प्रदर्शन गर्दै ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि जितेको छ । यस प्रतिष्ठित अवार्ड समारोह ३० अप्रिल २०२६ मा भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटी, गोरेगाउँ इस्टमा आयोजना गरिएको थियो । कार्यक्रममा एपीएसी क्षेत्रका उत्कृष्ट एजेन्सी र ब्रान्डहरू सहभागी भएका थिए, जहाँ ग्राहक संलग्नता र सञ्चार क्षेत्रमा भएका उत्कृष्ट कार्यलाई सम्मान गरिएको थियो ।
एजेन्सीले विश्वकै प्रभावशाली डिजिटल प्लेटफर्ममध्ये एक टिकटकसँगको सहकार्यमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो । भी–चित्रले टिकटक फ्यामिली पेरिंग अभियानमार्फत ‘बेस्ट इन्टीग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको छ । सामाजिक सञ्जालमार्फत परिवारलाई जोड्ने उद्देश्यसहित तयार गरिएको यो अभियान सांस्कृतिक रूपमा पनि प्रभावशाली मानिएको थियो ।
नेपालमा २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटाइएपछि किशोरहरूको डिजिटल सुरक्षाबारे बढ्दो चिन्तालाई सम्बोधन गर्दै अभियानले अभिभावकीय नियन्त्रण सुविधालाई सेलिब्रेटी, कन्टेन्ट क्रियटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका मिडियामार्फत सार्वजनिक गरेको थियो । अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गर्दै टिकटकलाई चिन्ताको प्लेटफर्मबाट जिम्मेवार प्लेटफर्मको रूपमा स्थापित गर्न सफल भएको थियो ।
यसैगरी, टिकटक सेफ्टी एम्बेसडर कार्यक्रममार्फत भी–चित्रले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार जितेको छ । उक्त अभियानले नेपालमा टिकटक प्रयोगकर्तामाझ डिजिटल सुरक्षासम्बन्धी सचेतना फैलाउने काम गरेको थियो ।
ग्राण्ड प्रिक्स अवार्डअन्तर्गतका यी सबै उपलब्धिसँगै भी–चित्रले ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि पनि प्राप्त गरेको छ, जुन उक्त अवार्डको पब्लिक रिलेसन् तर्फको सबैभन्दा ठूलो सम्मान हो । यसले भी–चित्रलाई एपीएसी क्षेत्रकै उत्कृष्ट पीआर एजेन्सीहरूको लहरमा स्थापित गरेको छ ।
कम्पनीका अनुसार, नेपालका लागि यो उपलब्धि केवल पुरस्कारमा सीमित छैन । यसले नेपाली एजेन्सीहरू क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा केवल प्रतिस्पर्धा मात्र होइन, नेतृत्व नै गर्न पनि सक्षम छन् भन्ने सन्देश दिएको छ । यस सफलतामा भी–चित्रको पीआर केन्द्रित सहायक कम्पनी मिडिया म्यानको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।
मिडिया रणनीति र सञ्चार विशेषज्ञतामार्फत मिडिया म्यानले यी सफल अभियान निर्माणमा योगदान दिएको कम्पनीको भनाइ छ ।









प्रतिक्रिया