काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ।
आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
जितका लागि कप्तान रोहित पौडेल र डा. ईशान पाण्डेले १०४ रनको साझेदारी गरे । रोहित ७४ रनमा अविजित रहे भने ईशानले ५५ रनको योगदान दिए।
यस्तै, आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रन जोडे। बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले दुई तथा ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९।१ ओभरमा १९४ रनमै अलआउट भएको थियो ।








प्रतिक्रिया