काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको खुलाशा भएको छ । मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीले नेपालमा बस्दै आएकी नाइजेरियन नागरिक रिता अजुकोलाई गर्भवती बनाएर सम्पर्कविहीन भएका हुन् ।
अजुको र कार्की लामो समयदेखि लिभइन रिलेशनसीपमा थिए । अजुका अनुसार आफू गर्भवती भएको जानकारी दिएपछि कार्की विस्तारै सम्पर्कविहीन बने । अहिले आर्थिक तथा मानसिक समस्यामा परेको भन्दै उनले सहयोगको माग गरेकी छन् । गर्भवती अवस्थामा रहेकी २६ वर्षीया अजुकोले आफूसँग खाने पैसासमेत नभएको गुनासो पोखेकी छन् ।
अजुकोले सार्वजनिक गरेका केही म्यासेजमा कार्कीले आफू पिता बन्न लागेकोमा खुशी व्यक्त गरेको देखिएपनि पछि अजुकोको पेट बढ्दै गएपछि उनी बेपत्ता भएका हुन् ।
उनका अनुसार आफ्नो चाहना नहुँदाहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका हुन् । गर्भवती भएको थाहा पाएपछि अजुकोले गर्भपतन गर्ने बताएकी थिइन् । तर,कार्कीले त्यसो गर्न दिएनन् । त्यसपछि उनले ‘यस्तो कुरा नगर,मलाई रुन मन लाग्छ’ लगायतका म्यासेज पठाएर र इमोशनल्ली ब्ल्याककमेल गरेर गर्भ फाल्नबाट रोके । दुवैजनाका केही तस्बिर र भिडियोहरू समेत बाहिरिएका छन्, जसमा उनीहरू सँगै घुमफिर गरेको देख्न सकिन्छ ।
भिडिओ-
फोन र म्यासेजको जवाफ दिन छाडेपछि उनले नेपालस्थित साथीहरूमार्फत सहयोग खोजेको बताएकी छन् । अहिले उनले क्षेत्रपाटीस्थित क्लिनिकमा स्वास्थ्य परीक्षण गराइरहेकी छन् ।
कार्की जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गर्नेमा अग्रभागमा थिए । त्यसबेला सामाजिक सञ्जालमा उनका तस्बिर र भिडियोहरू भाइरल बनेका थिए ।









प्रतिक्रिया