१७ असार २०८३, बुधबार

आकस्मिक समयमा फरक विषय बोले समय नदिने सभामुखको चेतावनी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख डीपी अर्यालले आकस्मिक समयमा फरक विषय बोले समय नदिने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेका सांसदहरूले आफूलाई जानकारी गराएको भन्दा फरक विषयवस्तु राखेको भन्दै सभामुखले चेतावी दिएका हुन् ।

उनले भने, ‘माननीय सदस्यहरू आकस्मिक समयमा बोल्नका लागि जुन विषयवस्तु यहाँहरूले सभामुखलाई जानकारी गराएर आकस्मिक समय माग्नुभएको हुन्छ । त्यो विषयभन्दा फरक विषयमा बोल्न थाल्नुभयो भने सभामुखले समय नदिनुपर्ने अवस्था आउन सक्छ ।’