२९ आश्विन २०८३, बिहिबार

पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध गरेको छ । सभामुखको अगाडि विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको हो ।

बैठकको कारबाही सुरु भएलगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाएका हुन् ।

श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर भन्दै विरोध गरेको हो । उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे ।

उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन गर्नुभयो ।’

सभामुख अर्यालले संसदीय मर्यादामा बसेर विरोध गर्न निर्देशन दिए । यति बेला श्रम संस्कृतिका सांसद आफ्नो शरीरमा पोस्टर टाँसेर सिटमा बसेका छन् ।