२४ असार २०८३, बुधबार

कांग्रेस नेता वीडी सतीसन बने केरलाको मुख्यमन्त्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता वीडी सतीसनले केरलाको मुख्यमन्त्रीको शपथ लिएका छन् ।

सोमबार तिरुवनन्तपुरममा उनीसहित २० मन्त्रीहरुले पनि शपथ ग्रहण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विधानसभा चुनावको नतिजा घोषणा भएको दुई हप्तापछि केरलामा कांग्रेस नेतृत्वको युडीएफ सरकार गठन भएको हो ।

शपथ समारोहमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगे, लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी र सांसद प्रियंका गान्धी लगायत अन्य प्रदेशका मुख्यमन्त्रीहरु पनि उपस्थित थिए ।