काठमाडौं । पञ्जाब किंग्सलाई हराउँदै साविक च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर जारी आईपीएल २०२६ मा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बैंगलोर १३ खेलबाट १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
आइतबार पहिलो खेलमा बैंगलोरले पञ्जाब किंग्सलाई २३ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
बैंगलोरले धर्मशालामा टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । जवाफमा पञ्जाबले ८ विकेट गुमाएर १ सय ९९ रन मात्र बनायो ।
पञ्जाब किंग्सले लगातार छैटौं हार बेहोरेको हो । टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ ।
यसैबीच, आइतबार राति भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेपछि एक स्थान माथि उक्लिएको छ । दिल्ली अब १२ अंकसहित सातौं स्थानमा छ ।
जितसँगै दिल्ली क्यापिटल्स, चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स अझै प्लेअफ दौडमा छ ।








प्रतिक्रिया