२४ जेष्ठ २०८३, आइतबार

ग्रिनक्रस अस्पतालमा मृतकको कानबाट सुन हरायो !

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । विराटनगरको ग्रिनक्रस अस्पतालमा एकजना मृतकको कानबाट सुन हराएको छ ।

विष सेवनपछि उपचारका क्रममा मृत्यु भएकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारको कानबाट सुन गायब भएको हो ।

उनलाई जेठ १ गते अस्पताल भर्ना गरिएकोमा आइतबार बिहान उनको मृत्यु भएको थियो । उनको दुवै कानमा सुनका मुन्द्रा थिए । मृत्युलगत्तै एकाएक दुवै कानमा रहेको एक तोला सुनको मुन्द्रा हराएको हो ।

सुरूमा अस्पताल प्रशासनले सुन हराएको अस्वीकार गरेपनि सीसी क्यामेरा फुटेज जाँचपछि भने स्वीकार गरेको छ । प्रहरीको रोहबरमा पछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति मृतक परिवारलाई दिन तयार भयो ।

प्रशासनले मृतक महिलाका परिवारका सदस्यलाई एक तोला सुन बराबरको चेक काटेर दिएको छ ।