३१ असार २०८३, बुधबार

लोमान्थाङमा चीनबाट ल्याइएको २ कन्टेनर भेप बरामद

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुस्ताङको लोमान्थाङबाट सशस्त्र प्रहरीले चीनबाट ल्याइएको २ केन्टेनर भेप बरामद गरेको छ ।

लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट २ कन्टेनर भेप बरामद गरेको हो । प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ को धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेको छन् ।

उनीहरूले भेप कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याउँदै थिए ।