२९ आश्विन २०८३, बिहिबार

आईपीएल : प्लेअफ पुग्ने कोलकाताको सम्भावना कायमै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले पराजित गरेको छ ।

शनिबार राति इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले फिन एलेन, अंगक्रिश रघुवंशी र क्यामरुन ग्रिनको अर्धशतकीय पारीको मद्दतले २० ओभरमा दुई विकेट गुमाएर २४७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा गुजरातले चार विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो । गुजरातका शुभमन गिल, जोस बटलर र साई सुदर्शनले अर्धशतक प्रहार गरे ।

कोलकाताका लागि सुनील नारायणले दुई विकेट लिए भने सौरभ र ग्रिनले एकएक विकेट लिएका थिए ।

जितसँगै कोलकाता ११ अंकसहित अंक तालिकाको एक स्थान माथि उक्लेर सातौं स्थानमा पुगेको छ । कोलकाताले प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

गुजरात १६ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ ।