काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । नेदरल्याण्ड्स भ्रमणमा रहेका मोदीले द हेगमा भारतीय समुदायलाई सम्बोधन गर्दै विश्वको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
उनले मानिसहरुले आज धेरै महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको बताए । उनले पहिले कोरोना भाइरसको सामना गरेको त्यसपछि युद्ध, र अहिले ऊर्जा संकटको सामना गर्नुपरेको बताए । उनले यो दशक विश्वको लागि विपत्तिको दशक बनेको टिप्पणी गरे ।
उनले यो अवस्था लामो समय कायम रहे विश्वको ठूलो जनसंख्या गरिबीको दलदलमा फस्ने चेतावनी समेत दिए ।
यस्तै, मोदीले आजको भारतले ठूलो सपना देखिरहेको र युवाहरू अब भारतलाई एआई क्षेत्रमा अगाडि बढाउन चाहेको बताए । उनले भारत द्रुत गतिमा परिवर्तन भइरहेको र प्रविधि तथा डिजिटल क्षेत्रमा नयाँ पहिचान सिर्जना गरिरहेको बताए ।
उनले भारत अब विश्वको तेस्रो ठूलो स्टार्टअप हब बनेको समेत बताए । देशका नयाँ स्टार्टअपहरूले एआई, रक्षा र अन्तरिक्ष जस्ता क्षेत्रमा प्रगति गरिरहेको उनको भनाइ थियो ।








प्रतिक्रिया