२७ जेष्ठ २०८३, बुधबार

सदनमा अनुपस्थित प्रधानमन्त्री चिजसँग रमाउँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन संसद् बैठकमा उपस्थित नभएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले फेसबुकमा आफ्नो नयाँ तस्वीर सार्वजनिक गरेका छन् ।

उनले आफ्नो फेसबुकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको तस्वीर सार्वजनिक गरेका हुन् ।

तस्वीरसँगै उनले छोटो क्याप्सन लेखेका छन्, ‘से चिज, डीडीसीको चिज’

सामाजिक सञ्जालमा उनको तस्वीरमा विभिन्न प्रतिक्रियाहरु आइरहेको छ ।

एक प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका छन्, ‘सदनसँग भागेका प्रधानमन्त्री चिजसँगै भेटिए, त्यो पनि चील पारामा’