२८ जेष्ठ २०८३, बिहिबार

विश्वकप लिग–२ : नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाले नेपाललाई जितका लागि एक सय ९६ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो ।

अमेरिकाका लागि स्मित पटेल  र शेहान जयसुरियाले अर्धशतकीय पारी खेले । स्मितले ८३ र शेहानले ५० रन बनाए ।

अमेरिकालाई अलआउट गर्ने क्रममा दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले १/१ विकेट लिए ।