काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आज जेठ १ गतेदेखि ३ गतेसम्म ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना भएको विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसा द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्पअन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन् । यस एक्सचेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसिई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछ । ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्नसक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रालिद्वारा प्रदान गरिनेछ । ग्राहकहरूले देशभर रहेको टाटा मोटर्सको शोरुममा पुगी यस अवसरको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।








प्रतिक्रिया